ललितपुरको सानेपामा भएको सवारी दुर्घटनामा पत्रकार शर्मासहित २ को मृत्यु

ललितपुर।

सवारी दुर्घटनामा पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । आज अपरान्ह ललितपुरको सानेपामा तीनवटा जीप र एक मोटरसाइकल ठोक्किदा पत्रकार गोविन्दप्रसाद शर्मा र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्रकार शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुनुहुन्थ्यो । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पु¥याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ । मृत्यु हुने अर्का एक जनाको सनाखत हुन नसकेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेको थियो । पत्रकार शर्मा मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार