इटहरी
भारतको जी टीभि च्यानलबाट प्रसारण हुने बाल रियालिटि शो सारेगमपा लिटिल च्याम्प्सको सन् २०१९ को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा प्रितम आचार्य (टप ६ मा पर्न सफल भएका छन । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै उनी यस चरणमा पुगेका हुन् । सुनसरीको इटहरीस्थित विश्व आदर्श स्कुलमा अध्ययनरत बालप्रतिभा प्रितम आचार्य यसअघि पनि सुरशाला आईडलमा दोस्रो भएका थिए ।
सारेगमपाले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत् भिडियोबाट अडिसन लिएको थियो । उनको ३ वटा भिडियो पठाइसकेपछि उनलाई सिधै ‘लेभल टु’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।
‘लेभल टु’मा छानिएका प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गएका थिए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउण्ड हुँदै उनी टप ११, टप ९ (सेमिफाइनल) मा पर्न सफल भएका हुन् । उनको गायनहरुलाई निर्णयकहरुले समेत अत्याधिक रुचाएका छन ।