लण्डन।
गोर्खा भूतपूर्व संनिक संघ (गेसो)ले सत्याग्रह संयुक्त संघर्ष समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमप्रति आफ्नो सहमति नभएको बताएको छ।
सोमबार काठमाडौँको बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गेसोले संयुक्त संघर्ष समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमप्रति असहमति प्रकट गरेको हो।
संयुक्त संघर्षसमितिमा रहेका ७ घटकमध्ये गेसो प्रमुख घटक हो।
संयुक्त संघर्ष समितिले केही दिनअघि गोर्खा भर्तीविरुद्ध अभियान चलाउने, ट्रेनिङ सेन्टर बन्द गर्ने, दूतावास घेराउ गर्ने, छुट्टै गोर्खा राज्य माग्ने, बेलायत सरकारसँग चलिरहेको वार्ता भंग गर्ने लगायतका आन्दोलनका कार्यक्रम सर्वजनिक गरेको थियो।
संघर्ष समितिले यही जेठको अन्तिम साता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा कालो झण्डा देखाउने तयारी गरेको भन्दै गेसोले त्यसप्रति पनि असहमति प्रकट गरेको छ।
‘संघर्ष समितिले प्रधानमन्त्री बेलायत भ्रमणको कार्यक्रममा कालो झण्डा देखाउने तयारी गरेको छ’ , पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भने, ‘यो र समितिले घोषणा गरेका कार्यक्रमप्रति हाम्रो समर्थन छैन।’
उनले प्रधानमन्त्रीको विेलायत भ्रमणका क्रममा स्वागत र विरोध ददुबै नगर्ने बताए। ‘हामीले प्रधानमन्त्रीसँग भेटमा आफ्ना सबै कुरा राख्छौँ’, सभापति राईले भने, ‘ भ्रमणका क्रममा हामी स्वागत र विरोध दुबै गर्दैनौँ।’