सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको स्वास्थ्य स्थिति एकदमै नाजुक हुँदै गएको छ । उनलाई यतिबेला ट्रमा सेन्टरमा राखेर उपचार गरिदै छ । प्रहरीको निर्घात कुटपिट र चरम यातनाका कारण हिड्डुल त के बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । उनका समर्थकहरुले मानव अधिकार गुहार्दै उक्त घटनाको चर्को बिरोध गरिरहेका छन्। बिना पक्राउ पुर्जी शाहीलाई पक्राउ गरि चरम यातना दिएको आरोप समर्थकहरुले लगाइरहेका छ्न।
मानवअधिकार आयोगले समेत प्रारम्भिक अनुसन्धानमा प्रहरीले कुटपिट गरेको खुलासा गरेका छन्। यद्दपी प्रहरीले भने आफुहरुले शाही माथि कुनै यातना नदिएको समर्थकहरुकै हातपातका कारण शाही घाइते भएको बताईरहेका छन्। शाहीले भ्रष्टचार बिरुद्धको अभियान सुरुवात गरेका थिए । उनलाई सामाजिक संजालमा पत्रकारहरुलाई गाली गलोज दिएको आरोपमा साइबर क्राइम मुद्दा दर्ता गरिएको छ ।
हेर्नुस् भिडियो
भ्रष्टाचार विरूद्धका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विराेध गरेपछि थुनामा जानुपरेकाे छ । पक्राउ गर्दा निर्घात कुटपिट गरेका कारण उनी यतिबेला उपचारार्थ छन् । यसैबीच उनका समर्थकहरूले भने आज ‘ज्ञानेन्द्र शाही जीन्दाबाद’ भन्दै उपचार भैरहेकाे राजधानीको ट्रमा सेन्टर अस्पताल अगाडि नारा लगाएका थिए । उनलाई प्रहारीले बयानको लागि अदालत लिने क्रममा अस्पताल अगाडि समर्थकहरूले नारा लगाएका हुन् ।
उनको स्वास्थ्यमा सुधार आउँन अझै केहि समय लाग्ने उनका एक समर्थकले बताए। उनको अनुसार, शाहीले उथान गरेको अभियानमा समर्थन रहनेछ। जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ गरेको थियो ।
उनलाई साइभर अपराधको मुद्दा लगाइएको छ। ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो।