एकैदिन दुईजना प्रहरी अधिकृत घुससहित पक्राउ

काठमाडौँ।

रुपन्देहीमा प्रहरी निरीक्षक पक्राउ :

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

बस्नेतलाई अख्तियारको टोलीले १५ हजार रुपैयाँ घुससहितपक्राउ गरेको हो। अख्तियार अनुसन्धान दुरुपयोग आयोग, बुटवलबाट गएको टोलीले सूचनाका आधारमा बस्नेतलाई साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालयबाटै घुससहित पक्राउ गरेको हो ।

अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले बस्नेतलाई थप अनुसन्धानका लागि बुटवल ल्याउँदै गरेको जानकारी दिएका छन् ।

महोत्तरीमा सई पक्राउ :

उता महोत्तरीमा पनि प्रहरीका एकजना जुनियर अधिकृत घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो। यादवलाई अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तियारले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार