धनगढी।
कैलालीमा आज राति आएको भिषण आँधीका कारण घाइते हुनेको संख्या कम्तिमा पनि ६३ पुगेको छ भने एक जनाको मृत्यु भएको छ। हुरीका कारण करोडौको क्षति भएको अनुमान गरिएको छ।
हुरीकै कारण मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकल चालक वीर बहादुर चौधरीको मृत्यु भएको छ।
घाइतेहरुको सेती अञ्चल अस्पताल लगायत निजि अस्पतालहरु मायामेट्रो हस्पिटल, , सिपि हस्पिटल, , निसर्ग, नवजीवन , पद्मा आदिमा उपचार भईरहेको छ। अस्पतालहरु घाइतेहरुले भरिभराउ भएका छन्। अधिकांस घाइतेहरुको टाउकोमा चोट लागेको र ५ जनाको हातखुट्टा भाँचिएको अस्पताल श्रोतले जनाएको छ।
धनगढीमा बाटो वरपर सयौको संख्यामा रुख ढलेका छन्। कयौ ठाउमा बाटो अवरुद्ध समेत भएको छ। बाटो अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको र क्षतिको पूर्ण बिवरण आउन अझै समय लाग्ने प्रहरी इन्स्पेक्टर प्रकाश डाँगीले जानकारी दिएका छन्।
त्यस्तै हुरीले सयौको संख्यामा बुजुलीका पोलहरु ढलेका कारण अधिकांस ठाउमा बिधुत अवरुद्ध समेत भएको छ। कयौ बस्तीहरु र घरहरु अन्धकारमा छन्।