धरान ।
भ्रष्टाचारीको पक्षमा लागेपछि पत्रकारको नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पक्षमा विराटनगर विमानस्थलमै भब्य स्वागत र नारा लगाइएको छ ।
शुक्रबार काठमाडौंबाट विराटनगर आइपुगेका मेयर चौधरीलाई भ्रष्टाचार विरोधी युवाहरुको समूहले फुलमाला लगाइदिएका हुन् ।
उनीहरुले ‘भ्रष्टाचारको विरोध गरौ, भ्रष्टाचारी कर्मचारी चाहिँदैन, अघि बढ्नुस् मेयरसाप जनता तपाईको साथमा छन्, जथाभावी कमल चलाउन पाइँदैन, द्वारिकलाल चौधरी जिन्दावाद’ भन्दै नारा लगाए ।
उनीहरुले दर्जनौ ब्यानर नै बनाएर मेयर चौधरीको पक्षमा प्रदर्शन गरेका छन् ।
हाल मेयर चौधरीको पक्ष र विपक्षमा तर्कहरु आइरहेका छन् ।
मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ । सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् ।
मेयर चौधरीले स्थानीय विराट अनुपम नामक पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएका थिए ।
हातमा कलम छ भन्दैमा सूचना र मिडियालाई दुरुपयोग गरिएको भन्दै हाल पत्रकारहरुको पनि विरोध गरिएको छ ।
केही खराब चरित्रका पत्रकारका कारण पत्रकारिता पेशा नै घृणित बनेको छ ।
पत्रकारहरुमाथि बेला बेला यस्ता आरोप र आलोचना आउने गरेको छ । तर अहिले बढी नै आलोचना भइरहेको छ ।