लिवियामा विद्रोहीको कब्जामा ४ नेपाली, हातका नङ उप्काउदै चरम यातना ! हावाहुरी पीडितको गुहार (भिडियो)

१. हावाहुरी प्रभावितलाई किन वेवास्ता ?

कैलाली ।

कैलाली लगायतका जिल्लामा विहीबार राति आएको हावाहुरीका कारण स्थानीयको जीवन थप कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ११ सय भन्दा बढी घरमा बस्न नमिल्ने गरी हावाहुरीले असर गरेको छ । टिनको छाना भएका तथा टाटले बेरेका घरहरु भत्किएका छन् । घर भत्किएकाहरु अधिकांश पालमा बसिरहेका छन् भने कोही छरछिमेकको सहयोगमा बसिरहेका छन् । कैलालीको धनगढी उपमहानरपालिका ७ कनरीका स्थानीयले भने कतैबाट राहत नपाएको गुनासो गरेका छन् ।

२. इटाली सपनाः लिविया स्थित विद्रोही पक्षको कब्जामा ४ नेपाली

काठमाडौं । लिवियामा होटल र अस्पतालमा काम गरेर महिनाकै २ लाखसम्म कमाउन सकिने आश्वासन पाएपछि लमजुङका पूर्ण प्रसाद अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई पुसको अन्तिम साता नेपालबाट भिजिट भिषामा दुबई पुगे । नेपालबाट सीधै लिबिया जान नमिलेपछि उनीहरु दुवईको बाटो प्रयोग गरेका थिए । लिवियाबाट रामचन्द्र घिमिरेले बोलाएका थिए । घिमिरेले भने अनुसार नै नेपालमा सबै कागजपत्र लोकमान राईले मिलाएर दुवई पठाएका थिए । दुवईबाट रवि प्रसाईले पाकिस्तानी एजेन्टसँग भेट गराएका थिए ।

३. वडा अध्यक्षले मध्यरातमा मदिराको तालमा ढुंगामुढा गरेको आरोप

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा ३ का वडा अध्यक्ष बद्री प्रसाद रिमालले सार्वजनिक जग्गा खाली बनाउने बहानामा मध्यरातमा मदिरा सेवन गरी स्थानीयलाई दुव्र्यवहार गरेको आरोप लागेको छ । विदुर नगरपालिका ५ की भवानी घिमिरेको घरमा पुगेर भनाभन भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार