काठमाडौं
मंगलबार आषाढशुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ । यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ । सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ । ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ ।
कुन राशीलाई कस्तो फलदोषः
मेष– माननाश
वृष– कष्टम्
मिथुन– स्त्रीपीडा
कर्कट– सौख्यम्
सिंह– चिन्ता
कन्या– व्यथा
तुला– श्रीप्राप्ति
वृश्चिक– क्षति
धनु– घात
मकर– व्यय
कुम्भ– लाभ
मीन– सुखम्