एजेन्सी
-भिडियो शेयरिङ एप ‘टिकटक’को अपार सफलतापछि यसलाई बनाउने कम्पनीले चाँडै नै विश्व बजारमा स्मार्टफोन ल्याउने भएको छ।
पछिल्लोसमय सबैभन्दा धेरैले प्रयोग गरिरहेको सामाजिक सञ्जाल मिडिया एप हो। यसको करीब ५० करोड प्रयोगकर्ता रहेका छन्।
टिकटकमा १५ सेकेण्डको भिडियो पोस्ट गर्ने गरिन्छ। यसलाइ प्लेस्टोरमा सय करोड पटक डाउनलोड गरिसकिएको छ।
टिकटका डेभलपर बाइटडान्सले अब स्मार्टफोनको दुनियाँमा प्रवेश गर्ने विचार व्यक्त गरेका छन्।
बाइटडान्ससँग टिकटक बाहेक कयौ धेरै भिडियो तथा न्यूजमा आधारित एपको स्मामित्व छ। त्यसमध्ये स्लेक, फ्लिपचार्ट, टोटिओलगायत समावेश रहेका छन्। तर ती उत्पादनहरुमा सबैभन्दा प्रचलित भने टिकटक नै हुन पुगेको छ।
स्मार्टफोन ल्याउने होडमा धेरै कम्पनी
चीनको आर्थिक पत्रिका क्याजिङका अनुसार बाइटडान्सले आफ्नो नयाँ स्मार्टफोन सात महिनाभित्रै सार्वजनिक गर्न सक्ने बताइएको छ।
टिकटक एउटा यस्तो कम्पनी जसले पहिलो पटक मोबाइल एप चर्चित भएर त्यसैको कमाइले स्मार्टफोन समेत ल्याउने निर्णय गरेको छ।
सन् २०१३मा चीनको सेल्फी एप बनाउने कम्पनी मीटुले समेत स्मार्टफोटनको कम्पनीमा यसै गरी प्रवेश गरेका थिए।
मीटुका फोन चीनको सामाजिक सञ्जालमा धेरै नै उपयोगी क्यामरा तथा अटो फोकसका साथै आर्टिफिसियल इन्टेलिजेन्सकव लागि महत्वपूर्ण मोबाइल मानिन्छ।
तर चीनमा पहिलेदेखि नै धेरै स्मार्टफोन बनाउने कम्पनी आइसकेको भए पनि अब आउने टिकटको स्मार्टफोनले बजारलाइ प्रभाव नपार्ने प्रविधिमा आधारित कम्पनीको दाबी छ।
सीसीएस इनसाइट टेक्नोलोजीका विशेषज्ञ यसबारे भन्छन्, ‘ वर्तमान समयमा कुनै पनि नयाँ कम्पनीको लागि स्मार्टफोनको बजारमा उत्रिएर आफ्नो ठाउँ बनाउनु निक्कै गाह्रो छ।किनकी यतिबेला एप्पल, सामसुङ लगायत चर्चित ब्राण्डको आफ्नै राज छ।’
उनी भन्छन्, ‘ नयाँ कम्पनी जब यो बजारमा आउँछन्,उसको चर्चा त हुन्छ तर केही समयमै बिलाएर मात्रै होइन बजारबाटै गायब भएर जान्छ।’
ठूलो कम्पनीको दबदब कायमै
विश्वचर्चित ब्राण्डहरु फेसबुक, गुगल, अमेजन लगायत ठूला कम्पनीहरुले टेक्नोलोजीमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएका छन्।
सामाजिक मिडिया एपदेखि सुरुवात गरेर फेसबुकसँगै ह्वाट्स एप र इन्सटाग्रामले समेत आफ्नो बर्चश्व कायम गरिरहेका छन् पछिल्लो समय।
तर पनि फेसबुकले आफ्नो एन्ड्रोइड लन्चर एप समेत रिलिज गर्यो तर त्यो सफल हुन सकेन।
यस्तै गुगलले पनि पिक्सेल स्मार्टफोन निकालेकै हो।तर सफलता पाए पनि सामाजिक सञ्जाल गुगल प्लस भने फेल खान पुग्यो।
त्यस्तै अमेजनलेले पनि ट्याबलेट तथा इ-रिडर्सले मानिसको मन त तान्यो तर लामो समय टिक्न सकेन।उसको फाइर फोनलाइ समेत मानिसहरुले अस्वीकार गरिदिए।