श्री पशुपतिनाथले सबैको कल्याण गरुन,श्रावण २० गते सोमबार अगस्ट ०५ तारिखको राशिफल

वि.सं. २०७६ श्रावण २० गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट ०५ तारिख,श्रावण शुक्ल पञ्चमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण आजको चाडपर्व र उत्सव : साउन महिनाको तेस्रो सोमवार र नागपञ्चमीको वर्षौंपछि संयोग जुरेको पावन दिन,घरघरमा नाग टाँस्ने दिन, कल्की जयन्ती, ललितपुर दानघाट, धापाखेलको नागदह, नागपोखरी, टौदहलगायत देशविदेशका नागपोखरी र नागमन्दिरमा मेला,आजको मूहुर्त : अन्नप्राशन(पास्नी), भोलिको चाडपर्व र उत्सव : द्विपुष्कर योग बेलुका ०६ बजेर ४४ मिनेटदेखि भोलिबिहान ०४ बजेर १४ मिनेटसम्म

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०७:०९ देखि ०८:४९ सम्म, यमघण्ट : बिहान १०:२९ देखि १२:०९ सम्म, गुलिक काल : दिउँसो ०१:४९ देखि ०३:२९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:२९ देखि ०७:०९ सम्म र साँझ ०५:०९ देखि ०८:०९ सम्म, लाभ वारवेला : दिउँसो ०३:२९ देखि ०५:०९ सम्म, शुभ वारवेला : बिहान ०८:४९ देखि १०:२९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक जीवन सन्तोषप्रद रहने छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कल्पना, भावना र प्रेमिल वातावरणको उदय हुनेछ । प्रेमी/प्रेमिकाका बीचमा सामीप्यता बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चन्द्रमा अनिष्ट भए पनि शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्यप्रगति तर्फ लम्कने अवसर आउने छ । नचिताएको स्थानबाट धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके/ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कर्मसिद्धिको समय छ । हाँके/ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आयुक्षेत्रमा चन्द्रमा छ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छिटो प्रतिफल आउने काममा हात नहाल्नु राम्रो हुनेछ । पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार