कठोर रातको बिच्चमा
एक कदम रोकिएर हजारौ पल्ट ढोगेको
त्यो विश्वासको प्रतिमा
आज अनायस
विश्वासकै अहमले जिस्काइरहेको छ
नि शब्द।
किनकी युग लगाएर सिचेका फुलहरु
जुगौ जुगका जीवन्त प्रयत्नको कालो तुवालोले
सुकाउदै लगेको छ
यो अति दयानिय कहाली लाग्दो
मर्मले चिरिएको
हृदय सम्हाल्ने दयालु घाम हो ?
या आफ्नै आनगिन्ती
आवश्यकताको चोटले
आकासको छाती चिरेर
जितको खुशिमा लोटपोट
भएको लाचार दिन ? ?
जो बिर्सिएको छ
खुशिको उन्माद्ले बिलाउनु छ
अधेरोमा निसानी नराखी ।
तै पनि पीडै पीडाले फाटेको बिस्वास
कसेर मुठ्ठी भरि
नाप्नु छ जिन्दगीको यात्रा
अनन्त-अनन्त
दुख्खका पर्खाल मास्ने
साहस लिएर ।
हुन त
पीडाको बोझ अनुसार
पीडाको बोध फरक
हैन भने
आफ्नै रगतको एकघुट पिएर हेर,
आफुबाट चुडिएर जादै गरेका सपनाको धमिलो तस्बिरले
मुटुका टुक्रा सिएर हेर,
र अन्त्यमा
सक्छौ जिवन जिएर त् हेर
भिम जोशी
लेकुडा, डडेल्धुरा