सुरेश जोशी
मलाई शहर , शहरै लागनै छाड्यो
बरु सोच्छु जीवित मान्छेहरुको
अन्तिम भागदौड यहि शहररुपी
शम्शान वरपर केन्दित छ
मुर्दाहरु ब्युतिए झैं गरी बेला बेला
हेल्लो हाई नगरेका
कयौं बर्ष अगाडी बिछोड़ीएकाहरु
भेट्टीन्छन जब यहाँ
शम्शान जस्तो कंक्रिटै कंक्रिटको चिहानमा
लाग्छ शहर पनि चिहान जस्तै
मौन बसेको किन ? भनेर सोधे कसैले
सहज तर निकै जटिल शब्दमा उत्तर दिन मन लाउँछ
किन कि म मुर्दाहरुसँग कुरै गर्दिन
मलाई मुर्दा बन्नु छैन साथी
त्यहि भएर म मौन छु
मौनतामै जीवन देख्छु