महिनावारी राेकिने समयमा आउँछन् यस्ता परिवर्तन, गर्नुस् पहिले नै तयारी

– डा.अरूणा उप्रेती

रजोनिवृत्ति (मेनोपज) अर्थात् बोलीचालीमा महिनावारी हुन बन्द हुने प्रक्रिया। रज भनेको रगत निवृत्ति अर्थात् सकिनु वा पार हुनु। किशोरी अवस्थामा महिनावारी शुरु हुनु शरीर प्रजनन अर्थात् गर्भधारणका लागि योग्य हुँदैछ भन्ने संकेत हो।

महिनावारी सकिँदै गर्दा अब महिलाले बच्चा जन्माउन सक्दिनन् भन्ने संकेत हो। मासिक रूपमा भइरहेको प्रक्रिया रोकिँदा अनौठो अनुभूति हुनु स्वाभाविक पनि हो। त्यसैले यसका लागि मानसिक रूपमा पहिले नै तयार हुनुपर्छ।

महिनावारी शुुरु हुँदा १०\११ वर्षमा शुरु भयो भने एक दुई वर्षसम्म नियमित नहुने, कहिले तीन महिना, कहिले चार महिनामा हुने, कसैलाई पेट दुख्ने, कसैलाई ढाड दुख्ने समस्या पनि हुन्छ। महिनावारी सुक्ने क्रममा पनि एकै महिनामा दुई तीन पटक हुने। फेरि दुई तीन महिना, नहुने समस्या हुन्छ। लगातार एक वर्षसम्म महिनावारी भएन भने महिनावारी सुक्यो भन्ने बुझ्नुपर्छ।

महिनावारी सुकेपछि शरीरका केही हर्मोन हराउँदै जान्छन। त्यसको कारणले गर्दा एक्कासी तातो भएको जस्तो, वा चिसो भएको महसुस हुने समस्या उत्पन्न हुन सक्छ । कोही कोही राति सुतिरहेकै वेला एक्कासी तातो भएर बिउँझिने गर्छन्। कसैलाइ यतिकै बसिरहेकाे बेला पनि चिटचिट पसिना आउन सक्छ । झर्को लाग्ने, झनक्क रिस उठ्ने जस्ता लक्षण पनि देखिन सक्छन्। यसाे हुँदा धेरैजसो महिला ठूलै रोग लाग्यो भनेर तर्सिन्छन्। यो समस्या सामान्य हो। तर्सिनु वा आत्तिनुपर्ने आवश्यकता नै छैन। यसकाबारेमा थाहा भयाे भने सजिलाे हुन्छ । जानकारी भएमा तयार रहन सकिन्छ।
महिनावारी सुक्ने वेलाअनेक किसिमको हर्मोन (औषधि) खानुपर्छ भन्ने विचार छ। त्यससँग म चाहिँ असहमत छु। महिनावारी शुरु हुँदा खासै औषधि खानुपर्दैन कुनै कुनै बेला बढी दुख्यो भने मात्र खानुपर्छ। त्यस्तै महिनावारी सुक्दा पनि औषधि जरुरी पर्दैन।

महिनावारी सुकेपछि शरीरका केही हर्मोन हराउँदै जान्छन। त्यसको कारणले गर्दा एक्कासी तातो भएको जस्तो, वा चिसो भएको महसुस हुने समस्या उत्पन्न हुन सक्छ । कोही कोही राति सुतिरहेकै वेला एक्कासी तातो भएर बिउँझिने गर्छन्। कसैलाइ यतिकै बसिरहेकाे बेला पनि चिटचिट पसिना आउन सक्छ । झर्को लाग्ने, झनक्क रिस उठ्ने जस्ता लक्षण पनि देखिन सक्छन्। यसाे हुँदा धेरैजसो महिला ठूलै रोग लाग्यो भनेर तर्सिन्छन्। यो समस्या सामान्य हो। तर्सिनु वा आत्तिनुपर्ने आवश्यकता नै छैन। यसका बारेमा थाहा भयाे भने सजिलाे हुन्छ । जानकारी भएमा तयार रहन सकिन्छ।

त्यसैले मैलै बारम्बार भन्ने गरेकी छु, आफ्नो स्वास्थ्यको ख्याल गर्नुस्। आफूलाई समय छुट्याउनुस्। उच्च रक्तचाप, मधुमेहलगायत रोग लाग्न नदिन सावधानी अपनाउनुस्। जीवनशैली सुधार्नुस्। खानपानमा ध्यान दिनुस्। नियमित योग, व्यायाम गर्नुस्। शुरूदेखि नै आफनो लागि समय छुट्याएर स्वास्थ्यकाे ख्याल गरेमा पछि जटिलता आउन पाउँदैन।

रजोनिवृत्ति (मेनोपज) पछि धेरै समस्या नपरोस् भनेर पहिला देखि नै ध्यान दिनुपर्छ। रजोनिवृत्तिको समयमा हुने समस्याबाट बच्न ३०\४० वर्षको उमेरदेखि नै रूपमा तयारी गर्नुपर्छ । मानसिक रूपमा तयार रहनुपर्छ।

पहिलादेखि स्वास्थ्यको ख्याल गरिएन भने यो वेला हडडीहरू कमजोर हुने सम्भावना हुन्छ। शरीरको हड्डीलाई बलियो बनाउन हिँडाइ वा योगासनलाई प्राथमिकता दिनुहोस्। साथै खानेकुरामा ध्यान दिन जरूरी छ । यसले रजोनिवृत्तिका वेला मात्र हाेइन ७०\७५ वर्षको उमेरमा पनि महिलालाई स्वस्थ राख्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार