काठमाडौँ ।
पानीपुरी मन नपर्ने प्राय मानिसहरु नै हुदैन होला । पानीपुरी भनेपछि जोकोही मुखमा पनि पानी आउने गर्दछ । तर सावधान यो तपाईको स्वास्थ्यका लागि खतरा पनि बन्न सक्छ । यसलाई तयार पार्नका लागि विभिन्न प्रकारका रसायनको प्रयोग गरिएको हुन्छ, जुन मानिसको स्वास्थ्यका लागि एकदमै हानिकारक रहेको हुन्छ । तर आफै घरमा सावधानी पूर्वक मिलाएर खादा नराम्रो प्रभावबाट बच्न भने सकिन्छ ।
खासमा सडक गाढामा जहाँतहीँ बेच्न राखिएका पानीपुरीको झोललाई अमिलो र स्वादिष्ट बनाउनका लागि त्यसमा कागती वा अमिलोको सट्टामा टार्टरिक एसिड वा ट्वाइलेट क्लिनरको प्रयोग गरिएको हुनसक्छ । तर केही राम्रा ठाउँहरुमा भने सरसफाइ र सामग्रीको प्रयोगमा विशेष ध्यान दिइएको हुन्छ ।
दिनप्रतिदिन मंहगी बढेसँगै कागती, बीरेनुन, पुदिनाको प्रयोगको सट्टा सस्तो मसला र एसिड प्रयोग गर्ने गरिएको बताइएको छ । अधिक मुनाफा कमाउन र स्वाद बढाउनका लागि पानीपुरी बनाउनेहरुले यसमा मिलावट गरिरहेका छन् ।
जथाभावी राखिएका त्यस्ता पानीपुरी चटपटे खानाले मानिसहरुमा पखाला, डिहाइड्रेसन जस्ता समस्याहरु हुने डाक्टरहरुले बताएका छन् । लामो समयसम्म त्यस्तो खानाले को कलेजोमा समेत खतरा हुनसक्छ । यसका साथै मानिसहरुमा अन्य कयौँ प्रकारका रोगहरु निम्तिन सक्ने बताइएको छ ।
त्यसैले त्यस्ता रोगहरु लाग्न नदिनका लागि सकेसम्म यस्ता खानेकुरा नखाने खाएपनि जानेर बुझेर राम्रो र सफा ठाउँमा मात्र खाने गर्दा राम्रो हुन्छ ।