एजेन्सी । उमेर बढ्दै जाँदा शारीरीक समस्या आउनु अलग कुरा हो तर, गलत उठाइ–बसाइ, चोटको कारण, खानपानमा गडबडी हुँदा, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । एकै ठाउँमा बसिरहँदा झनै ढाड दुख्ने समस्या बढ्न जाँन्छ ।
त्यसैले हल्काफुल्का काम गरिरहनु आवश्यक छ ।ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ ।
ढाड दुख्ने समस्याको निराकरण कसरी गर्ने ?
दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खाने।
दिनदिनै दुई गिलास दूध अवश्य पिउने ।
बिहानको घाममा करिब आधा घन्टा बस्ने ।
चिसोको जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खाने ।
मसिनो गरी काटेको लसुनमा काँचो सूर्यमुखीको तेल हालेर कुनै भाँडोमा राखेर घाम नपर्ने ठाउँमा राखेर बन्द गर्ने अनी यसलाई छानेर निकाली दिनदिनै बिहान बेलुका मालिश गर्ने ।
मनतातो पानीमा सीधे नून हालेर नुहाउने ।
तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खाने ।
एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खाने ।
हट ब्यागले सेक्ने