विश्वकप छनोट : आज नेपालले अस्ट्रेलियाकाे सामना गर्दै

काठमाडाैँ ।

विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागिता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।

अष्ट्रेलिया वरियताको ४४ औँ स्थानमा छ । नेपाल १६१ औँ स्थानमा छ । युरोपेली क्लब फुटबलकाे शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडीसहित घरेलु टोली मैदानमा उत्रिँदै छ ।छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो । नेपालले विश्वकप छनोटका अवे खेलमा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग खेलेको थियो । कुवेतसँग सात शून्यले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई दुई शून्यले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार