सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परी चालकसहित १२ को ज्यान गएको हो । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करीब ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको थियो ।
हालसम्म ज्यान गुमाउनेहरु पाँच जनाको सनाखत भएको जनाइएको छ । सनाखत हुनेहरुमा इन्द्रावती–९ का हिरा श्रेष्ठ, इन्द्रावती–९कै बिनोद लम्साल, चालक केदार महाजु, काभ्रे पाँच खालकी सङ्गिता पुर्कोटी र इन्द्रावती–१० का रितेश आचार्य रहेका छन् ।
घटनास्थलमा घाइतेहरुको उद्दारका लागि हेलिकप्टर र स्काभेटर परिचालन गरिएको छ भने उपचारका लागि धुलिखेल अस्पताल पु-याइएको छ ।