सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

काठमाडौंँ

स्थानीय जलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक गुणनिधी लम्साल भक्तपुरको कमलबिनायकमा रहेका आफ्ना बिरामी भिनाजु भेटनको लागि शुक्रबार बिहान सिपाटारबाटबाट बस चढे ।

दसैंमा टीका थाप्न आएका उनका ज्वाइँ समेत बसमा सँगै यात्रा गर्दै थिए । बस कोचाकोच थियो । अन्तिमको भन्दा अगाडिको सिटमा लम्साल बसेका थिए । ‘दुर्घटना हुनुभन्दा अगाडि बस तीव्र गतिमा कुदयो, त्यसपछि रोकिए जस्तो भयो,’ धुलिखेल अस्पतालमा उपचाररत लम्सालले रातोपाटीसँग भने ।

बसले दुइ–तीन बल्ड्याङ खायो, तल पुगेर रोकियो, यति हुँदासम्म पनि लम्साललाई खासै चोट लागेको थिएन । उनको औला र शरीरमा केही चोटमात्र लागेको थियो । उनले दुर्घटनाको स्मरण गर्दै भने, ‘ बाहिर निस्केपछि हेर्दा हेरिसक्नु भएन, मैले फोनबाट अरुलाई जानकारी गराए ।’

दसैं भएकाले अधिकास गाउँबाट काठमाडौ फर्कने, माइती, मामाघर, ससुराली र आफन्तका गएकाहरु घटना परेका छन् । काठमाडौंँको जोरपाटीमा रहेको मनकामना स्कुल पढने कृति कुँवर र उनकी बहिनी रक्षा (ठुली ममिकी छोरी) सिपापोखरे मामाघरमा दशै मनाउन गएका थिए । बस खस्दा कृतीलाई अरु कसैले झ्यालबाट बाहिर फालिदियो ।
बहिनी भने भित्र नै भइन । तर भाग्ने क्रममा उनी सानी भएकाले धेरैले कुल्चिए । मुहार र अन्यत्र सामान्य चोट भएका कुँवर दिदिबहिनी एउटै पोशाकमा थिए । बसमा सवार प्रत्यक्षदर्शीका अनुसार बसमा १ सय २० हराहारी मानिस थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार