प्रहरी नायब निरीक्षक चन्दलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौं ।

महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्द ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ ।
६४ औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रवार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले २१ हजार नगद र ताम्रपत्रसहित चन्दलाई सम्मान गरेका हुन् ।

हरेक वर्ष प्रहरी दिवसको दिन उच्च जोखिम मोलेर काम गर्ने एक प्रहरी कर्मचारीलाई ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित गर्ने गर्छ । सोही प्रक्रिया अनुसार चन्दलाई सम्मान गरिएको हो । लामो समयदेखि अपराध महाशाखामा कार्यरत उनी ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिन्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार