उदण्ड एनआरएन: सम्मेलनमा भाग लिन आएका प्रतिनिधिले नै तोडफोड गरे त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क

काठमाडौँ।

एनआरएनए सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । उनीहरुले लाइनमा बस्नुपरेको भन्दै आइतबार बेलुका अध्यागमनको डेस्क तोडफोड गरेको जनाइएको छ ।

तोडफोडमा उत्रिएका रमेशकुमार थापालाई पक्राउ परेका छन् । अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । जरिवाना गरेर उनलाई आज छाडिने जनाइएको छ ।

आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएका थिए । जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो । अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क रहेको छ ।

उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक भएकाले पर्यटक भिसामा नेपाल प्रवेश गर्न विदेशी पर्यटक सरह लाइनमा बसेका थिए । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए ।

सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । त्यही क्रममा एक भारतीय सो डेस्क हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीसँग अपशब्द बोलेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार