काठमाण्डौ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आश्चर्यजनक रुपमा कप्तान पदबाट राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेट भनेकै पारस भन्ने छविसमेत बनाएका कप्तान खड्काको राजनीमाले नेपाली क्रिकेट क्षेत्र फेरि एक पटक तरंगित बनेको छ ।
आईसीसीको पछिल्लो बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरे पछि कप्तान खड्काको राजीनामा आउनुलाई आश्चर्यजनक रुपमा बुझिएको हो ।