सुरेश जोशी
लिस्बन, पोर्चुगल
अछामस्थित कान्तिपुर संवाददाता मेनुका ढुंगानालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गरेकाे घटनाप्रति प्रेस युनियन नेपाल पोर्चुगल शाखाले ध्यानाकर्षण भएको जनाएको छ ।
चौरपाटी गाउँपालिका–५ लुंग्राको दयापपिलतोला मावि र वडा नम्बर ७ मार्कुको शान्ती माविमा भवन निर्माणका लागि गाउँपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएकोबारे इकान्तिपुर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर बम धामीले प्रहरी हिरासतबाटै फेसबुकमा अपशब्द प्रयाेग गरेका थिए ।
कागजात च्यात्ने मुख्य अभियुक्त भनिएका धामीले ढुंगानालाई अपमानित हुनेगरी गाली बेइज्जती गर्ने कार्यको युनियन शाखा पोर्चुगलले घोरभर्त्सना एवं खेद प्रकट गरेको जनाएकाे छ। ‘घटनाकाे मुख्य आराेपितका रुपमा प्रहरी हिरासतमा रहेकै व्यक्तिबाट यसरी सामाजिक सञ्जालमा गालीबेइज्जती हुनुले सुरक्षा निकायप्रति समेत आशंका उब्जिएको छ’ आईतबार प्रेस युनियन पोर्चुगल शाखाका अध्यक्ष बासु सत्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
https://www.facebook.com/103239711067261/posts/141571790567386?sfns=mo
प्रेस युनियन पोर्चुगल शाखाले गाली बेइज्जतीमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग समेत गरेको छ।
प्रेस युनियन पोर्चुगलद्वारा जारी प्रेस बिज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ती
समाचारको विषयलाई लिएर अछामस्थित कान्तिपुर दैनिकका समाचारदाता मेनुका ढुंगानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरिएकोमा नेपाल प्रेस युनियन पोर्चुगल शाखाको ध्यानाकर्षण भएको छ।
अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रा र वडा नम्बर ७ मार्कुका दुई वटा विद्यालयमा भवन निमार्णका लागि गाउँपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएको बिषयमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर कागजात च्यात्ने मुख्य अभियुक्त सत्तारुढ नेकपाका कार्यकर्ता बम धामीले नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी, नेपाल पत्रकार महासंघ अछाम शाखाका सहसचिब तथा कान्तिपुर दैनिककी समाचारदाता ढुंगानालाई सामाजिक संजाल फेसबुक मार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरेका छन्। घट्नाको मुख्य अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेकै व्यक्तिबाट यसरी सामाजिक संजालमा गाली बेइज्जती हुनुले सुरक्षा निकायको तटस्थतामाथि प्रश्न उठाएको छ।
दुर्गम पहाडी जिल्ला अछाममा निष्पक्ष तथा निडर भइ पत्रकारिता गर्दै आएकी ढुङगानालाई पटक पटक यस खालको व्यवहार हुनु दुर्भाग्य हो। राजनीतिक तथा अन्य शक्ति केन्द्रको आडमा कानुन हातमा लिने तत्वहरुबाट पटक पटक सञ्चारकर्मीहरु पिडित हुनुपर्ने श्रृङखलाको पछिल्लो उदाहरण हो अछाममा मेनुकालाई भएको अपमानको प्रकरण। यस किसिमको घटनाको प्रेस युनियन पोर्चुगल शाखा विरोध गर्दछ । साथै प्रसासनिक निकाय तथा सम्वन्धित निकायहरुले यस्ता कार्यमा सम्वन्धितहरुलाई निरुत्साहित गर्दै गालीबेईजतीमा संलग्न व्यक्तीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष युनियन माग गर्दछ ।
बासु सत्याल
सयोजक
नेपाल प्रेस युनियन पोर्चुगल शाखा