हिम्बा जनजातीका महिला, जो जीवनमा एक पटक मात्र नुहाउँछन् !

एजेन्सी ।

शरीर सफा राख्न र दुर्गन्धबाट बच्न हप्तामा कम्तिमा पनि हुई तीन पटक नुहाउने गरिन्छ । तर, अफ्रिकास्थित हिम्बा जनजातिका महिलाहरु जीवनमा मात्र एकपटक नुहाउँछन् ।

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु जीवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । यी समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म कि उनीहरु लुगा धुन पनि पाउँदैनन् ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई सफा राख्दछन् ताकी शरीरबाट दुर्गन्ध नआओस् । प्रायः जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलो मिसाई बनाएको लेदो लगाउँदछन् । हेमाटाइटका कारण नै उनीहरुको छालाको रंग रातो हुन्छ ।

यो लेपनले जिउलाई किराहरुले टोक्नबाट समेत जोगाउँछ । साथै पुरुषहरुबाट अलग देखिन पनि उनीहरु रातो रंग लगाउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार