अमेरिकी राष्ट्रपति ट्रम्पले वाइट हाउसमा दिपावली मनाउँदै

काठमाडौं|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार वाइट हाउसमा दिपावली मनाउने भएका छन् । भारतीय हिन्दुहरुले मनाउने दिपावालीको दिन भन्दा ३ दिन अगाडि नै ट्रम्पले दिपावली मनाउन लागेका हुन् । ट्रम्पले तेस्रो पटक दिपावली मनाउन लागेका हुन् । बाइट हाउसमा दिपावली मनाउने चलन पूर्व अमेरिकी राष्ट्रपति बारक ओबामाले सन् २००८ मा सुरु गरेको थिए ।

वाइट हाउसका अुनसार बिहीबार ट्रम्पले पानसमा बत्ति बाली दिपावली मनाउने छन् । यसअघि ट्रम्पले पहिलो पटक सन् २०१७ मा उनको ओभल कार्यालयमा दिपावली मनाएका थिए । उक्त दिपावली समारोहमा भारतीय मुलुका अमेरिकी नेता र प्रशासकहरुको उपस्थिति थियो । गत वर्ष ट्रम्पले अमेरिकाका लागि भारतीय राजदूत नवतेज सिंह शर्नालाई पनि निमन्त्रणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार