आज धनतेरस : धातु किन्ने र उधारो नदिने दिन

काठमाडौ|

तिहारको पहिलो दिन आज ‘धनतेरस’ पर्व मनाइँदै छ। दीपावली पर्वको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गर्ने मैथिल हिन्दु परम्पराअनुसार आज तराई÷मधेसका जिल्लाहरुमा ‘धनतेरस’ पर्व मनाइँदैछ।

खासगरी धातुका भाँडा, खेलौना र गरगहना जोड्ने (किन्ने) परम्पराअनुसार आज बजारहरुमा चहलपहल बढेको छ। किनिएको सामान घरघरमा आजै साँझ लक्ष्मीको प्रतीमा स्थापित गरी सो सामानको पूजा गरिनेछ। धनतेरस भनिने यो दिन किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता रहेका पण्डित सन्तोष पाण्डेले बताए।

उनका अनुसार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा रहेको छ। तिहार सुरु भएपछि मिथिला क्षेत्रमा यो पर्व भाइटिकाका दिन सम्पन्न नहुन्जेल कृषि, व्यापार, मजदुरी र अन्य लेनदेन क्षेत्रमा उधारो कारोबार पूरै बन्द गरिने परम्परा पनि रहेको पण्डित पाण्डे बताउँछन्।

पर्व विशेषमा धातुका समान जोड्ने परम्परा भए पनि नयाँ पुस्ताका मैथिल युवायुवती भने कम्प्युटर, मोबाइल सेट र आधुनिक समान समेत जोड्न थालेका छन्। परम्परागत धातुका भाँडा वा गरगहना दैनिक जीवनमा त्यति प्रयोगमा नरहेकाले अब विज्ञान र नयाँनयाँ प्रविधिले बनेका सामग्री किन्ने गर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार