कोहि देशी-विदेशी तत्वहरु लागिपरे पनि नेकपालाई फुटाउन नसक्ने – अध्यक्ष ‘प्रचण्ड’

-तारा आचार्य
विराटनगर ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई फुटाउन देशी–विदेशी तत्वहरु लागिपरेको भएपनि कुनै पनि हालतमा फुट्न नदिने दृढता व्यक्त गर्नुभएको छ ।

नेकपा मोरङले विभिन्न चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र संगठित बनाउन विचार र अनुशासनलाई कडाईका साथ पालना गराउने जानकारी दिनुभयो । उहाँले इतिहासको आवश्यकता, मुलुकको आवश्यकता र जनताको विकास र समृद्धिको चाहना पूरा गर्न दुई पार्टी एक भएको र यसलाई कुनै पनि हालतमा सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको भएकोले प्रधानमन्त्रीको चाहना अनुसार पुनर्गठन प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । उहाँले सरकारको काम गराईले तीव्रता पाउन थालेको र यसैको प्रभाव पेट्रोलियम पाइपलाइन विस्तार र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रहेको बताउनु भयो । उहाँले सरकारले अझै गतिशीलता लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले सरकार अहिले चुनावका लागि नभई मुलुकलाई समृद्ध बनाउन र कायाकल्प गराउने दिशामा अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकार कुनै पनि हालतमा कम्युनिष्ट शासन लाद्ने पक्षमा नरहेको स्पष्ट पार्दै आवधिक निर्वाचन र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ बनाउन संविधान कार्यान्वयनमा लागेको बताउनु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी कार्यकर्ताहरु, उच्चपदस्थ कर्मचारी, उद्योगी व्यवसायी र विभिन्न पेशाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार