चक्कर आउने समस्या छ भने यो उपाय अपनाउनुस्

-एजेन्सी

कहिलेकाहीँ लगातार बसिरहेपछि एक्कासि उठ्दा आँखाअगाडि अँध्यारो छाउँछ र चीजहरू घुमिरहे जस्तो लाग्छ । यसैलाई चक्कर लागेको भनिन्छ । शारीरिक कमजोरीका कारण वा मस्तिष्कमा रक्तसञ्चार कम हुँदा यसो हुन्छ । न्यून रक्तचापका कारण पनि यसो हुन्छ । गर्मीमा कम पानी पिउँदा पनि चक्कर आउन थाल्छ । यसबाट राहत पाउन घरेलु कुराहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

अमला
अमलामा भिटामिन ए र भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ र चक्कर आउने समस्याबाट मुक्ति दिन्छ । दुई अमलाको टुक्राको पेस्ट बनाउनुस् । अनि त्यसमा दुई चम्चा धनियाँको बिउ र एक कप पानी मिसाएर रातभरि छोडिदिनुस् । अनि भोलिपल्ट बिहान उठेर यसलाई छान्नुस् र यसको पानी पिउनुस् ।
मह
चक्कर आउने समस्याबाट महले पनि छुटकारा दिलाउँछ । दुई चम्चा महमा दुई चम्चा स्याउको अमिलो मिसाउनुस् र त्यस मिश्रणलाई एक गिलास पानीमा मिसाएर पिउनुस् । दिनमा दुईचोटि यो पिउनुस् ।
कागती
कागतीमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले शरीरलाई धेरै रोगहरूबाट बचाउँछ र शरीरलाई आर्द्र पनि राख्छ । चक्कर आएमा आधी कागती एक गिलास पानीमा निचोर्नुस् र त्यसमा दुई चम्चा चिनी मिसाएर पिउनुस् । त्यसबाहेक एक चम्चा कागतीको रसमा मरिच र नून मिसाउनुस् अनि त्यसलाई एक गिलास पानीमा मिसाएर पिउनुस् ।

पानी
चक्कर आउने एउटा कारण डिहाइड्रेसन हो । व्यायाम गरेका बेलामा पानी नपिउँदा चक्कर आउँछ । त्यसैले दिनदिनै अत्यधिक पानी पिउनुस् । फलहरूको जुस बनाएर पिउन पनि सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार