महानिरीक्षककै कार्यालयमा दुई अर्ब बढी भ्रष्टाचार ! अख्तियारले अनुसन्धान गर्दै

काठमाडौं ।

नेपाल प्रहरीमा भएको भ्रष्टाचारका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यो उजुरी नेपाल प्रहरीभित्रको भ्रष्टाचारका बिषयमा सबै बुझेको तर, देशलाई माया गर्ने ईमान्दार प्रहरी अधिकारीहरुले हालेको देखिन्छ । अख्तियारले ७६७७ सी-७३६६ दर्ता नम्बर रहेको उजुरीमा छानविन गरिरहेको छ ।

यो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको नेतृत्वमा साढे २ अर्ब भन्दा बढी रकम भ्रटाचार भएको भन्दै छानबिन गर्नका लागि परेको हो । प्रहरीको पोशाक, कटन पाइन्ट, पानी बर्षादी, स्लिपिङ व्याग, चुस्ता कपडा, सवारी सधान लगायतको खरिदमा २ अर्ब भन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै उजुरी परेपछि अख्यितारले प्रहरी प्रधान कार्यालयबाट खरिद सम्बन्धी २ बर्षदेखिका सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।

१ महिना अघिनै उजुरी परेपनि अख्यितारले यसविषयमा के गरिरहेको छ ? भन्ने विषय बाहिर आएको छैन । प्रहरीमा भ्रष्टाचार भएको भनी परेको निवेदनमा देखाइएको अनियमितताको सूची यस्ता छन् :

१ महिना अघिनै उजुरी परेपनि अख्यितारले यसविषयमा के गरिरहेको छ ? भन्ने विषय बाहिर आएको छैन । प्रहरीमा भ्रष्टाचार भएको भनी परेको निवेदनमा देखाइएको अनियमितताको सूची यस्ता छन्

१. प्रहरी प्रधान कार्यालयको खुद्रा सामान खरिद शाखामार्फत मेशिनरी औजार सामान शीर्षकमा ३ लाख भन्दा कमको मूल्याङ्कन गरी बिना टेन्डर २ करोड ३५ लाखको बिल बनाई अनियमित खर्च गरेको ।

२. भाडा शीर्षकमा विनियोजन भएको बजेटलाई सामान ढुवानी नै नगरी ढुवानी गरिएको बिल बनाई ५ लाख ५० हजार अनियमितता गरेको ।

३. लत्ता कपडा खरिद अन्तर्गत बिनियोजित रकम मध्ये ७५ लाख बिना टेन्डर नक्कली बिल बनाई खर्च गरेको ।

४. मर्मत गर्नुपर्ने पूराना सवारी साधनहरु लिलामी गरेको र मर्मतै नगरेको सवारीसाधनहरु मर्मत गरेको भनी ४ करोड ४५ लाखको नक्कली बिल बनाई अनियमितता गरेको ।

५. समूदाय प्रहरी साझेदारी कार्यक्रमको लागि २ करोड ५० लाख बराबरको सामान खरिद गरेको बिल बनाएपनि ४५ प्रतिशत रकमको मात्रै सामान खरिद गरी हिसाब मिलान गरिएको ।

६.प्रहरी प्रधान कार्यालयमा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु आईजिपीका नजिकका ब्यक्ति सुवु केसीको बसुन्धरा ब्याङ्वेटमा गरी बढी रकम देखाएर अनियमितता गरेको ।

७. नेपाल प्रहरीले प्रयोग गर्ने पाल, फरेस, क्याप, बुट, स्लिपिङ ब्याग लगायत १२ थरीका सामानहरु मूल्य अभिबृद्धि करसहित १ करोड ४३ लाख २ हजार १२७ रुपैयाँ को टेन्डर निकाली खरिद गर्नुपर्नेमा आफ्ना निकटका ठेकेदारसँगको मिलेमत्तोमा ३५ लाख ७५ हजार ५३१ रुपैयाँ भ्रष्टाचार गरेको ।

८. हेडक्वाटरमा जेनेरेटर बिग्रिएको नक्कली बिल बनाई बिजुली शाखाले जेनेरेटर बिग्रेर फेरेका सामानहरुको बिल नै नबाँधी १५ लाख अनियमितता गरेको ।

९. पोशाक खरिद गर्न बिनियोजन गरिएको ३९ करोड ११ लाख २२ हजार रकममा ठेकेदारसँगको मिलेमत्तोमा रकम अनियमितता गरेको ।

१०. प्रहरीको चुस्ता, बेल्ट, प्रहरी टाई, सिठ्ठी कार्ड, मोनोग्राम, बक्कल लगायतका विभिन्न सामानहरु विभिन्न खुद्रे ब्यापारीबाट लिएको भनी ८ करोड बराबरको बिल बनाइए पनि ४५ प्रतिशत मात्रै सामान खरिद गरी बिल मिलान गरी स्टोरमा दाखिला गरिएको ।

११. भिआईपी भिभिआइपीको स्कर्टिङको लागि प्रयोग गर्न ३८ थान मोटरसाइकलको बोलपत्र भएको । सबैभन्दा कम दर कबोल गर्नेको बोलपत्र स्विकृत हुनुपर्नेमा सबैभन्दा बढी कबोल गर्ने सिप्रद्धी सप्लायर्सलाई मूल्य अभिबृद्धि कर बाहेक प्रतिमोटरसाइकल ५४ लाखका दरले २० करोड ५२ लाखमा बोलपत्र स्विकृति दिइएको ।

१२. मर्मत सम्बन्धी कामका लागि बोलपत्र र कोटेसनबाट ५ करोडको सामान खरिद गरेकोमा बिलको ४० प्रतिशत सामान मात्र खरिद गरी सबै बिल बमोजिमको स्टोर दाखिला गरी हिसाब मिलान गरिएको ।

१३. कार्यालय खर्चमा ७ करोड बराबरको सामान खरिद गरेको बिल पेस गरेपनि ५० प्रतिशत सामान मात्र खरिद गरी हिसाब मिलाइएको ।

१४. मेशिनरी औजार खरिदमा ५ करोड बराबरको बोलपत्र र कोटेशनबाट बिभिन्न साझेदार खडा गरी ५० प्रतिशत मात्र समान ल्याई १०० प्रतिशत स्टोर दाखिला गरी हिसाव मिलान गरिएको ।

१५. विविध शीर्षकको तीन करोड मध्ये एक् करोड रुपैयाँ बिल मिलाई खर्च गरेको ।

अख्तियारमा परेको उक्त निवेदनको अन्यमा विशेष कोड गरी नोट बनाइएको छ । उक्त नोटमा ‘प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको फजूल खर्च र पत्र-पत्रिका तथा मिडियाकर्मीहरुलाई आफ्नो पक्षमा समाचार सम्प्रेषण गर्नको लागि विभिन्न बहानामा पटक-पटक नगद तथा जिन्सी समेत दिएको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै खनालका मित्र सुबु केसी र मनाङ होटलका मालिक देवेन गिरी मार्फत अवैध लगानी गरेको, आइजिपी भएपछि पद जोगाउनकै लागि बिभिन्न शक्ति केन्द्रहरुलाई खुसी पार्न मोटो रकम खर्च गरेको र आफ्ना विश्वासिला बडीगार्ड प्रहरी नायब उपरीक्षक विजय यादवको परिवारको नाममा समेत सम्पत्ति राखेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार