तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।
हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ काममा यसले दबाब बनाइ राख्छ ।तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् । यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ । तनाब धेरै लिदाँ कस्ता रोगहरु लाग्छन् ।