सेल, अनरसा तथा फिनी बनाउँदा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?

नेपाली हरुको दोस्रो ठुलो महान चाड तिहारमा हामी विभिन्न मिष्ठान्न परिकार बनाउने गर्दछौ । तर कति कुरा हामी थाहा पाउदा पाउदै पनि गल्ति गरिरहेका हुन्छौ फलस्वरुप दुर्घटना हुने गर्दछ ।त्यसैले यस्ता काम गर्दा अत्यन्तै सजकता अपनाउनु पर्ने हुन्छ।

बालबालिकालाई आगोको छेउछाउ आउन दिनुहुँदैन ।आवश्यक सामग्री अघिल्लो दिन तयारी अवस्थामा राख्नुपर्छ ।यी परिकारका लागि कम्तीमा ४ घन्टाअघि पिठो भिजाएर राख्नुपर्छ ।फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।समयप्रति सजग हुनुपर्छ अन्यथा डढ्ने सम्भावना हुन्छ ।पकाउने व्यक्ति स्वयं पनि आगोबाट सुरक्षित रहनुपर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार