पोर्चुगल बिशेष : ३ लाख ३० हजार बालबालिका गरिबीको जोखिममा

लिस्बन, पोर्चुगल।

पोर्तुगालमा ३ लाख तीस हजार बालबालिकाहरु बच्चाहरू गरिबीको जोखिममा रहेको तथ्यांक बाहिरिएको छ। राष्ट्रिय तथ्यांक संस्थानको पछिल्लो तथ्यांकले सो रिपोर्ट सार्वजनिक गरेको हो।

राष्ट्रिय तथ्यांक संस्थानले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ बर्षभन्दा मुनिका बालबालिकाहरु कुल जनसंख्याको १९ प्रतिशत गरिबीको उच्च जोखिममा रहेका छन्। त्यस्तै १८-६४ बर्ष उमेर समुहमा १६.७ प्रतिशत र ६५ बर्षभन्दा माथिका उमेर समुहमा १७.७ प्रतिशत गरिबीको जोखिममा रहेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले रणनीतिका साथ गरिबीको बिरूद्ध लड्न, सार्वजनिक र निजी साधनको संयोजन, सामाजिक र एकता अनुभव, एक सुदृढ र बढी एकजुट भई नागरिकहरूलाई प्रेरित गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार