काठमाडौँ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले नाष्टले संसारभरका नेपाली वैज्ञानिक तथा प्राविधिकहरुको विवरण प्रकाशन गर्ने भएको छ।
यसै आर्थिक वर्ष २०७६-७७ भित्र नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि , प्राकृतिक विज्ञान, चिकित्सा शास्त्र, कृषि विज्ञान, इन्जिनियरिङ्ग, गणित, सूचना प्रविधि आदी विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिकहरुको यथार्थ विवरण संकलन गर्ने उद्धेश्यले Who is Who in Science and Technology नामको डाईरेक्टरी प्रकाशन गर्न लागेको कुरा Who is Who in Science and Technology, Directory प्रकाशन समिति, नास्टका सदस्य तथा नास्टका वैज्ञानिक डा. तिर्थ राज घिमिरेले जनाउनु भयो ।
उक्त डाईरेक्टरी प्रकाशनार्थ आवश्यक तथ्यांक बिवरण भरी नास्टको अफिसियल वेब साइटमा Who is Who मार्फत फारम भर्न र साथै यो विवरण भर्ने अवधि यही २०७६ फाल्गुण मसान्त भित्र रहेकाले उक्त समय सिमा भित्र संसारभरी छरिएर रहनु भएका विद्यावारीधि (Ph.D.) प्राप्त नेपाली वैज्ञानिक तथा प्राविधिकहरुलाई फारम भर्नको लागि वैज्ञानिक डा. तिर्थ राज घिमिरेले अनुरोध गर्नुभएको छ।