प्रचण्डले दिए अनसन बस्ने चेतावनी !

महोत्तरी|

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अनसन बस्ने चेतावनी दिएका छन् ।नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मधेशको विकासका लागि जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म पुग्ने बाटो महत्त्वपूर्ण भएको बताए । अहिले बाटो निर्माणको काम कछुवा गतिमा अघि बढेको भन्दै प्रचण्डले आपत्तिसमेत जनाए ।

‘जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म जाने बाटोमा कछुवाको गतिमा काम भइरहेको छ मलाई फिटिक्कै मन परेको छैन,’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘ढिलो भयो भने हामीले नै यहाँका जनताको नेतृत्व गरेर अनसन बस्न नपरोस् ।’

प्रचण्डले मधेशमा भइरहेका अन्य विकास निर्माणका काम कम्युनिस्ट सरकारले नै गरिरहेको दाबी गरे । आफूले नै काठमाडौँ तराइ जोड्ने फास्ट ट्रयाकको शिलान्यास गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘जतिपनि ठूला कुराहरू शुरू भएका छन्, जे जति गर्न खोजिएको छ, त्यो कम्युनिस्ट पार्टीकै नेतृत्वमा गर्न खोजिएको छ । मैले नै काठमाडौँ तराई जोड्ने फास्टको शिलान्यास गरें, अहिले प्रगति भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार