काठमाडौँ । के तपाईलाई आफ्नो पार्टनरको साथ विवाह गर्न डर लाग्छ ?कहीँ तपाई विवाहको योजनाको प्रश्न गर्दा अप्ठ्यारो महसुस त गर्नुहुन्न ? यदी तपाईमा यस्तो समस्या छ भने गामोफोबिया भएको हो । यो फोबिया मध्येको एक रुप हो । यसमा विवाहको कुरा गर्ने बित्तिकै लाज लाग्ने तथा अप्ठ्यारो महसुस हुने हुन्छ ।
गामाफोबिया के हो ?
सामान्यतया गामाफोबिया हुदाँ कुनै पनि प्रतिबद्धत वा निर्णय लिन डर लाग्ने हुन्छ । तर यो विवाहको लागी मात्र डर लाग्ने होइन् ,मनोवैज्ञानिक र शारिरिक कामको सामना गर्नको लागी वा सम्बन्धमा बनाउनको लागी गरिने असमर्थताको एक डर हो । यसका लक्षण कहिले कहिले चरम स्थितिमा हुन सक्छ , जसको परिणामस्वरुप दुखी र चिन्ता धेरै हुन सक्छ ।
गामाफोबिया महिलाहरुको तुलनामा पुरुषहरुमा बढी हुन्छ ।पारस्परिक रुढीवादी अनुसार एक पुरुष जीवन जिउनको लागी डराउनु उसको मर्दागीमा खोट लाग्नु हो । तर गामाफोबियाले मानिसहरुमा ब्यक्तिगत असुरक्षा ,छोड्ने डर ,चिन्ता , अविश्वास आदि प्रवृति देखा पर्दछ ।
गामाफोबियाको लक्षण:
-प्रतिबद्धता गर्दा कुनै बिचारको कारण डराउनु
-जीवनको कुनै पनि कुराको निर्नय लिन नसक्नु
-मानसिक चिन्ता धेरै हुनु
-दिमाखमा नकरात्मक कुराहरु धेरै आउनु
-अनियन्त्रित हुनु
-आक्रामकता धेरै हुनु
-छातिमा दुखाई हुनु
-श्वासप्रश्वासमा गाह्रो महसुस हुनु
-दोधारे व्यवहार
गामाफोबियाको उपचार: यो एक किसिमको मानसिक र शारिरिक डर हो , यसको उपचार चिकित्सकोमा गएर पनि गर्न सकिन्छ ।
-मस्तिष्कको व्यवहारसम्बन्धी थेरापी गर्ने
-हिप्रोथेरापी गर्ने
-व्यवहार थेरापी
-चिकित्सको सल्लाह अनुसार औषधी सेवन गर्ने
-नियमित ब्यायाम गर्ने