किन फेर्‍यो फेसबुकले लोगो?कारण यस्तो छ।


फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ।फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् ।यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले यसो गरेको बताइएको छ ।फेसबुकको नयाँ लोगो Gif मा जारी गरिएको छ, अर्थात् यो चलायमान छ । यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ र सबै capital letters छन् ।

लोगोको Gif मा रहेका फरक-फरक रङले फेसबुक कम्पनीका विभिन्न खाले प्रडक्टहरुको बारेमा बताउने गरेको दाबी गरिएको छ । जसमा निलो रङ फेसबुकका लागि, हरियो ह्वाट्सएपका लागि था गुलाबी रङ इन्स्टाग्रामका लागि छुट्टाइएको छ । यो नयाँ लोगो आमाी केही हप्तामै प्रयोगकर्ताले प्रयोग गर्ने पाउने बताइएको छ । कम्पनीले यसलाई मार्केटिङ तथा प्रडक्टको विज्ञापनका लागि प्रयोग गर्नेछ।

स्मरण रहोस्, फेसबुकले केही पहिले देखिनै ह्वाट्सएप तथा इन्स्टालगायतमा by facebook फिचर थपेको थियो । उक्त लोगोलाई त्यहीँ ठाउँमा प्रयोग गरिनेछ ।फेसबुकका अनुसार from facebook प्रयोग गर्नुको उद्धेश्य मानिसहरुलाई फेसबुक र यसका अन्य एपहरु एउटा संयुक्त संरचनामा आधारित छन् र एउटै टिममा निर्भर छन् भन्ने देखाउनु हो । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार