काठमाडौं ।
१२ वर्षकी कलिली बालिका। बोल्न सक्दिनन्। निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ। बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो। सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र। अस्पताल पेटीमा बुबा ९ठूलो बुबा० कृष्णबहादुर भने चिन्तित मुद्रामा छन्। उनलाई एकछिन चैन छैन ।
घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो। छोरीको कस्तो उपचार हुने हो रु उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताएको छन् ।
अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ। छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ ।वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । उनीसँग एक जना प्रहरी जवान पनि आएका छन् । वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन्। त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।