यस्ता छन् मेथी खानुका अनेक फाइदाहरू !

– मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ । त्यस्तै महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ ।

– नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन् ।

– प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।

– हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार