धनगढी ।
डडेल्धुरामा बसेको सत्रौ अनशन नवौ दिनमा स्थगित गरेर तराई झरेका डा. गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।
डडेल्धुराबाट साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका हुन् ।अस्पतालकौ शैयाबाटै डा. केसीले राष्ट्रियतासंग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए ।
उनले जनताको स्वास्थ्यसंग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसंग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसंग आग्रह गरे ।
डा. केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौडयालले डा. केसीलाई आरामको आवश्यकता रहेको बताए । अनशनका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ,डा. शर्माले भने, उहाँलाई आरामको जरुरुत छ ।