ब्राजिलका लागि पोर्चुगलका पूर्व उप-वाणिज्यदूतलाई घोटाला, ठगी र मनी लान्डरिंगको आरोपमा ६ बर्षको जेल सजाय

लिस्बन, पोर्चुगल।

ब्राजिलका लागि पोर्चुगलका पूर्व उप-वाणिज्यदूत एडेलिनो भेरा-क्रुज पिन्टोलाई ब्राजिलको पोर्तो एलेग्रेको आर्किडाइजबाट रकम घोटाला गरेको, ठगी र मनी लान्डरिंगको आरोपमा छ वर्ष जेल सजाय सुनाइएको छ।

डिसेम्बर २०१० र जनवरी २०११ को बिचमा भेरा-क्रूज पिन्टोले ब्राजिलको पोर्टो एलेग्रेको आर्कडाइसीजसँग सम्बन्धित करीव करीव एक मिलियन यूरो विनियोजन गरे, जुन पोर्चुगाली मूलका दुईवटा चर्च पुनर्स्थापित गर्न अनुदान दिईएको थियो , जुन रियो ग्रान्डे डो सुलको क्षेत्रमा अवस्थित छ।

त्यो पैसा एडेलिनो पिन्टो र तिनकी पत्नी मारिया दा अनन्सिआओ फिगोएर्डोको बैंक खातामा जम्मा गरिएको थियो। अदालतले पैसा लुट्ने अभियोगमा निलम्बित सजायका साथ चार बर्षको जेल सजाय सुनाएको छ।

२०११ को अन्त्यमा, पोर्तुगाली विदेश मन्त्रालयले घोटाला, ठगी र मनी लान्डरिंगको आरोपमा अडेलिनो भेरा क्रुज पिन्टोलाई बर्खास्त गरेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार