काठमाडौँ
लगातारको आलोचनापछि अन्तत सन्दीप लामिछानेले पारस खड्कालाई सामाजिक सन्जाल ट्वीटरमा फलोब्याक गरेका छन्।केही समयअघि पारसलाई अनफलो गरेको सार्वजनिक भएपछि सन्दीपको आलोचना भएको थियो। सन्दीपले व्यक्तिगत रोजाईको विषय भन्दै त्यसको बचाउ गर्दै आएका थिए।
गत साता त्रिवि क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब-एमसीसिबीच खेल भइरहेका बेला नेपाली समर्थकले ‘पारसलाई फलो गर’ भन्दै सन्दीपविरुद्ध नाराबाजी गरेका थिए। बिहीबार मात्र सन्दीपले पारससँगको फोटो साजाजिक सञ्जालमा पोस्ट गरेका थिए। दुबै खेलाडी टी-१० लिग खेल्न हाल दुबईमा छन्। उनले पारसँग सँगै हुँदा खुसी लागेको भन्दै खेलका लागि शुभकामना दिएका थिए। शुक्रबार बिहानै सन्दीपले पारसलाई फलो गरेका हुन्। सन्दीपले अनफलो गरेपनि पारसले भने सन्दीपलाई फलो गरेको देखिएको थियो।ट्वीटरमा सन्दीपका एक लाख ७६ हजार फलोअर्स छन् भने उनले १९ जनालाई मात्र फलो गरेका छन्।