पोर्चुगिज नागरिकता र स्थाई बसोबासको लागि अनिवार्य भाषा सर्टिफिकेट नै नक्कली – सेफले थप कडाई गर्ने !

लिस्बन, पोर्चुगल।

विदेशी र सीमा अध्यागमन को कार्यालय ( सेफ) ले स्थायी बसोबास, दीर्घकालिक निवासीको दर्जा र पोर्चुगिज नागरिकताको लागि अनिवार्य भएको पोर्चुगिज भाषाको ज्ञान प्रमाणपत्रहरु नै नक्कली भएको फेला पारेको छ। यो घटनासंगै अब पोर्चुगल सरकार र सेफले स्थायी बसोबास, दीर्घकालिक निवासीको दर्जा र पोर्चुगिज नागरिकता प्रदानमा थप कडाई गर्ने भएको छ।

भाषा प्रमाणपत्रवाहकहरुले अनिवार्य रुपमा भाषा बोल्न नसकेमा पोर्चुगलको स्थायी बसोबास, दीर्घकालिक निवासीको दर्जा र पोर्चुगिज नागरिकता प्रदानमा ढिलाई हुनुका साथै थप अनुसन्धान समेत हुनसक्ने बिशेष श्रोतबाट जानकारी प्राप्त भएको छ।

पोर्चुगिज भाषाको ज्ञान प्रमाणपत्रहरु नक्कली भएको खबर सेफले झन्डै डेढ बर्ष अघिनै प्राप्त गरेपछि अनुसन्धान शुरु गरेको थियो। सेफमा पोर्चुगिज नागरिकताको लागि निबेदन दिएका आप्रवासीहरुले अध्यागमनका कर्मचारीहरुसँग सामान्य भाषा पनि बोल्न नसकेपछि सेफले शंकाको घेरामा अनुशन्धान अगाडी बढाएको थियो।

पोर्चुगलको एक भाषा विद्यालयले सयौ बिध्यार्थिहरुलाई निर्धारित कक्षाबिना नै भाषाको सामान्य ज्ञान नभएकाहरुलाई समेत भाषाको प्रमाणपत्र वितरण गरेको सेफको अनुशन्धानले जनाएको छ। यस्तो अपराधिक काममा एक पोर्चुगिज नागरिक सहित बिदेशी नागरिक समाबेश भएको सेफले जनाएको छ।

पोर्चुगिज भाषाको ज्ञानको प्रमाणपत्रहरू यहाको प्रचलित कानून बमोजिम, स्थायी बसोबास अनुमति र पोर्चुगिज नागरिकताको लागि अनिवार्य आवश्यकता हो। यस्ता भाषा पढाउने बिद्यालयहरु देशैभर छन् र सेफले देशैभर अनुसन्धान अगाडी बढाएको खबर छ।

देशको अन्य भूभागहरु जस्तै लिरिया, लिस्बन, अलेन्तेजो, एल्गारभ र टापुहरूमा समेत रहेका भाषा बिद्यालयहरुमा भाषाका बिद्यार्थीहरु कक्षामा उपस्थितबिना नै हाजिरी भएको र थप पैसा लिएर भाषाको प्रमाणपत्र वितरण गरिएको भेटिएको छ।

पोर्चुगिज भाषाका प्रमाणपत्रवाहकहरुलाई दोभासेको आवश्यकता नपर्ने भएकोले भाषा सर्टिफिकेट भएका र भाषा बोल्न नसक्ने वा दोभासे प्रयोगकर्ताहरु सेफको थप अनुशन्धानमा पर्नसक्नेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार