काठमाडौं । काठमाडौंमा हेरिटेज साईकल -याली सम्पन्न भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय खेलकुद महासंघ—नेपालको संयोजनमा आजा शनिबार काठमाडौंमा हेरिटेज साईकल र्याली समपन्न भएको हो ।
-यालीको शुभारम्भ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माननीय अरुण नेपालले साईकल चढी गरेका थिए। बसन्तपुर दरबार क्षेत्रबाट शुरु सो ¥याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुँदै नेपाल पर्यटन बोर्ड परिसर भृकुटीमण्डपमा पुगी प्रमाण—पत्र वितरणका साथ समापन भयो।
राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष श्री पीताम्बर तिम्सिनाले सहभागीहरुलाई प्रमाण—पत्र प्रदान गरेका हुन् । सो साइकल -यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो ।