प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास, तेस्रो डायलासिस

काठमाडौँ।

प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनःहेमोडायलासिस गरिएको छ । ग्रान्डी इन्टरनेसनल अस्पलातमा शनिबार उनको तेस्रो पटक डायलासिस गरिएको हो ।

कार्तिक १२ र १३ गते सोही अस्पतालमा ओलीको दुई पटक डायलासिस गरिएको थियो । उनी फलो अपका लागि शनिबार अस्पताल पुगेको थिए तेस्रो पटकको डायलासिस पछि ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ ।उपचारका क्रममा प्रधानमन्त्री ओलीका निजी चिकित्सकद्धय दिव्यसिंह शाह, दिलीप शमाए र युरोलोजिस्ट प्रेमराज ज्ञावाली बीच छलफल भएको थियो ।

तेस्रो पटकको डायलासिसपछि निजी चिकित्सक शाह, ग्राण्डी अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डे र युरोलोजिस्ट ज्ञवालीको संयुक्त विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन् । उनी शनिबारै बालुवाटार फर्किएका छन् । ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्ष्मतामा ह्रास आएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार