– एजेन्सी ।
उत्तर तथा दक्षिण कोरियाको सीमा नजिक एक नदी रगतले पुरै रातो भएको छ ।
देशमा ‘अफ्रिकन स्वाइन फेवर’ फैलने खतरा ज्यादा भएपछि दक्षिण कोरियाको प्रशासनले रोग फैलिन नदि सुँगुर मारेपछि उक्त रगत नदीमा मिल्दा नदी नै रातो भएको हो । यस रोग फैलन रोक्नका लागि दक्षिण कोरियाको प्रशासनले ४७ हजार सुँगुर मार्नको लागि आदेश दिएको थियो ।
अत्यधिक पानी परिरहेका कारण सीमा नजिकबाट रगत इमजिन नदीमा मिलेपछि नदी नै रातो देखिएको छ । ‘अफ्रिकन स्वाइन फेवर’ खतरनाक छ जुन सुँगुरलाई लाग्ने गर्दछ । यो रोग लागेपछि सुँगुर बच्ने सम्भावना हुन्न ।
तर यो रोग मानिसमाा भने सर्दैन् । स्थानीय अधिकारीले भने नदीमा बगेको रगतले अन्य जनावरलाई संक्रमण नहुने दाबी गरेका छन् ।