श्रीलंकाका राष्ट्रपतिका दाइले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं ।

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले बिहीबार शपथ ग्रहण गरेका छन्।परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिएका थिए । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार सिफारिस गरेका थिए|श्रीलंकाको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २००५–२०१५ सम्म श्रीलंकाको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा श्रीलंकामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो ।

प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिंघेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो ।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्ष ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख कम मत पाएका थिए ।राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार