दिल्लीबाट दुई नेपाली चेलीको उद्धार

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावास र दिल्ली प्रहरीको समन्वयमा दुई नेपाली चेलीहरु नेपाल फर्काइदैछ ।

राम्रो नोकरी र तलब पाउने प्रलोभनमा परी दिल्ली पुगेका काभ्रेकी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी २५ वर्षीया सविना (नाम परिवर्तन)लाई नेपाल फर्काउन लागिएको हो ।

काभ्रेकी रीतालाई काठमाडौंबाट राम्रो नोकरी मिलाइदिने भन्दै भारतको दिल्ली प–याइएको बताइएको छ, भने झापाकी सविनालाई मितिनी साइनो लगाई वीरगञ्ज हुँदै दिल्ली पु–याइएको जनाइएको छ ।

उनीहरु दुवै जनालाई माइति इन्डिया र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा आइतबार उद्धार गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार