उपनिर्वाचनमा कमल थापाको पार्टीलाई झट्का!धर्मको नारा र भाषण काम लागेन

काठमाडाैं|

पूर्वपञ्चको पार्टी राप्रपाले उपनिर्वाचनमा झट्का बेहोरेको छ।नेकपा र कांग्रेसको विकल्प बन्ने दाबी गर्दै चुनाव प्रचारमा होमिएको राप्रपाले कुनैपनि ठाउँमा जमानत जोगाउने लक्षण देखाएको छैन ।प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीको जमानत जफत हुने देखिएको छ ।मतगणनामा शुरुवाती अग्रता लिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले ११ हजार ७३० मत प्राप्त गर्दा राप्रपाका भण्डारीले मात्र २ सय ८२ मत पाएका छन् ।

कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष कमल थापा लगायतका नेताहरू कास्की पुगेका थिए ।तामझामपूर्ण मनोनयनपछि अध्यक्ष थापाले चुनाव जित्ने दावी गरेका थिए ।राजासहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्रको राजनीतिक नारा लिएर हिँडेको राप्रपाले २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट ५ सीट जितेको थियो ।हिन्दू धर्म पुनस्र्थापनाको नारा लिएर राप्रपाले २०७० सालको चुनावमा समानुपातिकबाट २५ सीट हात पारेको थियो ।

२०६४ सालको स्थानीय तह निर्वाचनमा नेपालजञ्ज उपमहानगरमा मेयर र झापाको एक गाउँपालिकामा अध्यक्ष जितेको थियो ।२०६४ प्रतिनिधि सभा निर्वाचनमा नेकपासँग तालमेल गरेर झापामा एक सीट जितेको थियो ।उपनिर्वाचन भएका क्षेत्रमा राप्रपा कुनैपनि स्थानमा दोस्रो बन्न सकेन । अधिकांश स्थानमा जमानत जफत हुने देखिएको छ ।जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ ।कास्की २ मा जमानत जोगाउन कम्तिमा २५ सय ५४ मत ल्याउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार