भारतीय विस्तारवाद बिरुद्ध पोर्चुगलस्थित भारतीय राजदुतावास अगाडी नेपालीहरुले बिरोध प्रदर्शन गर्ने !

सुरेश जोशी, पोर्चुगल।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको र नक्सा गलत भएको बिषयलाई लिएर पोर्चुगलका नेपालीहरुले राजधानी लिस्बनस्थित भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन गर्ने भएका छन्।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलको अगुवाईमा यहाँस्थित बिभिन्न नेपाली संघसंस्थाहरुको सहकार्यमा बिरोध कार्यक्रम हुन लागेको हो। भारतले नेपालका लिपुलेक,कालापानीलगायत भूभागलाई आफ्नो नक्शामा राखेपछि नेपाल र संसारभरका भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन हुदै आएका छन्।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलले एक बिज्ञप्ती जारी गर्दै राष्ट्रियता र भुगोल रक्षाका खातिर राष्ट्रप्रेमी सम्पुर्ण नेपालीहरुलाई बिरोध कार्यक्रममा सहभागी भईदिन अनुरोध गरेको छ।

भारतीय दुतावास अगाडी गरिने बिरोध तथा धर्ना ३ डिसेम्बर मंगलवारको दिन १४ः३० देखि १५ः३० सम्म रहने बिज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार