नेपाली क्रिकेटर अन्जली चन्दले राखिन् विश्व रेकर्ड

काठमाडौँ।

नेपालकी अन्जली चन्दले क्रिकेटमा विश्वकिर्तिमान कायम गरेकी छिन् ।

पोखरा रंगशालामा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत माल्दिभ्स विरुद्धकाे खेलमा उनले कुनैपनि रन नदिई ६ विकेट लिएकी हुन् । विश्व क्रिकेटमा अहिलेसम्म कुनैपनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट लिएन सकेका थिएनन् ।

सातौँ ओभरमा बलिङ गर्न आएकी अन्जलीले मेडन राख्दै तीन विकेट हात पारिन्। लगत्तै नवाौं ओभरमा उनले कुनैपनि रन खर्च नगरि थप २ विकेट हात पारिन्। एघारौं ओभरमा उनले थप एक विकेट लिइन्। साथै ह्याट्रिक समेत पूरा गरिन् । ६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत पुरा गरिन् ।

टस जितेर पहिले ब्याट्रिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाएको थियो । जवाफ ब्याटिङ गरेको नेपालले ०.५ ओभरमै लक्ष्य भेट्टायो। नेपालका लागि करुणा श्रेष्ठले १३ रन बनाइन्। नेपाललाई थप चार रन भने एक्ट्रा प्राप्त भएको थियो। दक्षिण नेपालले आगामी डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार